आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रवि लामिछानेको दाबी - ‘सरकार ढल्छ’भनेर पर्खिनेहरू सरकार नढलेको देखेर आफैँ बेहोस भएर ढल्नेछन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
रवि लामिछानेको दाबी - ‘सरकार ढल्छ’भनेर पर्खिनेहरू सरकार नढलेको देखेर आफैँ बेहोस भएर ढल्नेछन्
काठमाडौं, असोज १८ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कसैले भन्दैमा वर्तमान सरकार नढल्ने दाबी गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकार ढल्ने कुराको प्रतिवाद गर्दै वर्तमान बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका हुन्  । उनले ‘सरकार ढल्छ’भनेर पर्खिने मानिसहरू सरकार नढलेको देखेर आफैँ बेहोस भएर ढल्ने बताए ।

उहाले बर्तमान सरकार कुनै व्यक्ति विशेषलाई चुनेर नभई, इतिहासलाई साक्षी राखेर र इतिहास बदल्ने प्रेरणाका साथ गठन गरिएको धारणा राखे। उनले लोकतन्त्रको रक्षा गर्ने सम्पूर्ण ठेक्का कुनै एउटा दल वा नेताले मात्र लिन नहुने बताए ।

सरकारका कारण लोकतन्त्र खतरा परेको टिप्पणी सुनिने गरेको भन्दै उनले लोकतन्त्र खतरामा परे यसको रक्षा गर्ने मुख्य शक्ति जनता भएको स्पष्ट पारे । आन्दोलन, आँधीबेहरी वा सडक प्रदर्शनमार्फत सरकार ढाल्ने परम्परागत राजनीतिक बाटो अब बन्द हुनुपर्ने उनको भनाइ छ । उनले अघिल्लो चुनावमा जनताले सोच–विचार गरेर नै रास्वपालाई मत दिएको भन्दै चुनावी प्रक्रिया, नेपाली सेना वा विदेशी सरोकारका विषय जोडेर जनमतको अपमान र हलुका टिप्पणी नगर्न आग्रह गरे ।

लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए । उनले पार्टीभित्र सवै विवाद गर्ने व्यक्तिहरुलाई फकाउनुभन्दा अब छोडिदिँदा राम्रो हुने सुझाव दिए । कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार