आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाका ओमान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो । एकदिवसीय उक्त शृंखलाका लागि क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा गरिसकेको थियो ।
लिग–२ प्रतियोगितामा नेपालको यो अन्तिम शृंखला हो । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको शीर्ष चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि नेपालका लागि उक्त शृंखला निकै महत्वपूर्ण रहेको छ । बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले प्रिमियर कप र ओमानमा टोलीले गरेको विगतको प्रदर्शनले टोलीमा सकारात्मक मनोवैज्ञानिक ऊर्जा दिएकाले राम्रो नजिता आउने विश्वास व्यक्त गरे । एकदिवसीय मान्यता जोगाइराख्न र टोलीलाई विश्वकप छनोटसम्म पु¥याउनका लागि राम्रो खेल प्रदर्शन गर्ने उनको भनाइ छ ।
त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट लले बिगतको नजिताका आधारमा मैदानमा फर्कँदा टोलीको मनोबल र आत्मविश्वास उच्च हुने बताए । उहाले क्यानडा र ओमान अंकतालिकामा नेपालभन्दा माथि रहेकाले उनीहरू विरुद्ध स्पष्ट रणनीति बनाएर मैदान उत्रिनु आवश्यक रहेको उल्लेख गरे ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा हालसम्म ३६ खेल खेलेको स्कटल्यान्ड ४५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । ३२ खेल खेलेको अमेरिका ४३ अंकसहित तालिकाको दोस्रो स्थानमा र समान ३२ खेल खेलेको नेदरल्यान्ड्स ३८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । ३२ खेलबाट २४ अंक बटुलेको नेपाल सातौँ स्थानमा रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
रविको व्यङ्ग्यात्मक टिप्पणी : कांग्रेसले निष्ठालाई महत्व दिएको भए मै पनि कांग्रेस हुन्थेँ
सभापति थापाले भने- बीपी र गणेशमानको आत्मा यही छ,तर उहाँका छोराहरु कहाँ छन् थाहा छैन
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा