आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

सभापति थापाले भने- बीपी र गणेशमानको आत्मा यही छ,तर उहाँका छोराहरु कहाँ छन् थाहा छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५२ मिनेट अगाडि प्रकाशित
सभापति थापाले भने- बीपी र गणेशमानको आत्मा यही छ,तर उहाँका छोराहरु कहाँ छन् थाहा छैन
काठमाडौं, असोज १८ :

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला र गणेशमान सिंहको आत्मा १५ औं महाधिवेशनमा रहेको बताएका छन्।

१५ औं महाधिवेशन उद्घाटन समारोहमा थापाले बीपी र गणेशमानको छोराहरु महाधिवेशनमा नआएप्रति इङ्गित गर्दै उहाँहरुका पिता समेत रहेका संस्थापक नेताहरुको आत्मा भने यही महाधिवेशनमा रहेको बताए ।  

उनले भने . ‘बीपी र गणेशमानको छोरा कहाँ छन् थाहा छैन, आत्मा यहाँ छ ।’ बीपी कोइरालाका छोरा शशांक कोइराला र गणेशमान सिंहका छोरा प्रकाशमान सिंह पितापुर्खाको आत्मा रहेको पार्टीबाट छुट्टिएर अलगै बाटोमा लागेको बताए ।

देउवाप्रतिको सम्मान उनको घरको ढोकामा गरेर गर्ने सम्मान भन्दा कांग्रेसलाई बलियो बनाउने कुरा सम्मान हुने बताए। यद्यपि आजको महाधिवेशनको उद्घाटन समारोहमा उहाँका लागि कुर्सी खाली राखिएको थापाले बताए । कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा समेत असर पर्न सक्ने उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार