राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेसले विगतमा निष्ठालाई महत्व दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले व्यङ्ग्यात्मक तथा कटाक्षपूर्ण शैलीमा आफू कांग्रेस बन्न नसकेको आधारहरू प्रस्तुत गरे।
उनले कांग्रेसले पार्टीमा निष्ठालाई राजनीतिक पूँजी मान्नेहरूलाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेस हुन सक्ने बताए। भौतिक पूँजी भएकाहरूलाई भन्दा निष्ठावान् र प्रतिबद्ध कार्यकर्तालाई महत्व दिएको भए आफू कांग्रेस बन्ने उनको भनाइ थियो।
त्यस्तै, उनले दूरदराज तथा पछाडि परेका क्षेत्रका नागरिकलाई समानुपातिक प्रतिनिधित्वको कुरा गरिरहँदा सबैभन्दा अगाडि र अवसर पाइसकेका व्यक्तिहरूलाई नै टिकट वितरणमा प्राथमिकता नदिएको भए पनि आफू कांग्रेस हुन सक्ने बताए।
लामिछानेले ४० वर्षकै उमेरमा पार्टी सभापति बन्ने प्रेरणा र अवसर दिएको भए आफू कांग्रेस बन्ने सम्भावना रहेको भन्दै कांग्रेसप्रति कटाक्ष गरे।
उनले कांग्रेसले आफ्नो ‘लहलहाउँदो रुख’लाई छाडेर अन्तै भोट हाल्न उर्दी जारी नगरेको भए पनि आफू कांग्रेसमै हुन सक्ने बताए।लामिछानेका अभिव्यक्तिमा कांग्रेसको राजनीतिक संस्कार, नेतृत्व चयन, टिकट वितरण र विगतका राजनीतिक निर्णयप्रति व्यङ्ग्य झल्किन्थ्यो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : गगन थापा
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ : महासचिव पोखरेल
‘संसद्भित्र खुलामञ्च चाहिएको छ,प्रधानमन्त्रीले जनताका कुरा नसुनेसम्म खुला रहँदैन’