आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

सभापतिले राजनीतिक,महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५७ मिनेट अगाडि प्रकाशित
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने
काठमाडौं, असोज १८ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन स्थल खुल्लामञ्चमा बस्ने भएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेश गर्ने प्रतिवेदन उपर छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको जानकारी दिए ।

असोज १९ र २० गते बन्दसत्रको कार्यक्रम हुनेछ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार