बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश बागमती प्रदेश

सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने बेलिब्रिज सञ्चालनमा आयो

· मंगलबार, ७ कात्तिक, २०८१ मा प्रकाशित
सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने बेलिब्रिज सञ्चालनमा आयो
काठमाडौँ, कात्तिक ७ :

सिन्धुलीको खुर्कोट र रामेछापको सेलेघाट जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ ।

 पुलको आवश्यक भारवहन क्षमता जाँच गरी आजबाट सञ्चालन गरिएको हो । 

सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीको अनुसार प्राविधिक स्टिमेटअनुसार बेलिव्रिजको भारबहन क्षमता २२ टन भए पनि हाल १५ टन क्षमताको सवारी साधन मात्र आवतजावत गर्न पाउनेछन् । 

हिजो पुलको भारबहन क्षमता जाँच गरेपछि आजबाट सार्वजनिक यातायात सञ्चालन खुला गरिएको हो  । 

खुर्कोट–मन्थली सडक अन्तर्गतको पुलको आधा भाग गत असोज १२ गते सुनकोशी  नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले असोज २० गतेदेखि बेलिब्रिज जडान गरेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार