मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ #कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ
राजनीति भिडियो

बाढीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न कानुन संशोधनको तयारी : कानुनमन्त्री गौतम

विपद् केन्द्रित समाधानका उपायहरू पहिल्याउनुपर्नेमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
बाढीमा बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न कानुन संशोधनको तयारी :  कानुनमन्त्री गौतम
काठमाडौं, असोज २० :

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता भएकाहरुलाई मृत्यु घोषणाका लागि कानुनी बाटो खुला गर्न कानुन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री गौतमले बेपत्तालाई मृत्यु घोषणा र मृत्यु दर्ता सम्बन्धी विद्यमान मूल ऐनमा संशोधन गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि विपद् प्राधिकरण तथा कानुन मन्त्रालयमा निरन्तर छलफल भई उपयुक्त समाधान निकालिएको बताइन्। 

संसद अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेश मार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।

उनले  हालै भोटेकोशी क्षेत्रमा आएको बाढीले सबैलाई सचेत गराएको र अब राज्यका हरेक कानुन निर्माण तथा काम–कारबाहीमा विपद् व्यवस्थापनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले सर्वदलीय समिति मार्फत सम्बन्धित मन्त्रीहरूलाई बोलाएर विपद्केन्द्रित समाधानका उपायहरू पहिल्याउनुपर्नेमा जोड दिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार