मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ #कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल#वंशीराज दाहाल#अन्जनीकुमार पोखरेल#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ
राजनीति

कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी

नेता तथा कार्यकर्तालाई न्याय दिलाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी
काठमाडौं, असोज २० :

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउन आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसभित्र विभाजन बढेको उल्लेख गर्दै उनले आगामी स्थानीय र प्रदेश निर्वाचनमा त्यसको प्रभाव देखिन सक्ने बताए ।

राठौरले पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिलाउने आफ्नो प्राथमिकता रहेको भन्दै देशभरका कांग्रेस कार्यकर्तालाई समान व्यवहार र अवसर सुनिश्चित गर्ने उल्लेख गरे । कांग्रेसभित्र बढेको अराजकता अन्त्य गरी पार्टीलाई मर्यादित बनाउने उनको दाबी छ ।

उनले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले स्थापित गरेको कांग्रेसको राजनीतिक मर्यादालाई पुनःस्थापित गर्ने उद्देश्यले आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार