मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन #कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन
राजनीति

आगामी संसद अधिवेशनमा सबै विधेयक पेश गर्न संसदीय समितिलाई सभामुखको निर्देशन

· मंगलबार, ७ कात्तिक, २०८१ मा प्रकाशित
आगामी संसद अधिवेशनमा सबै विधेयक पेश गर्न संसदीय समितिलाई सभामुखको निर्देशन
काठमाडौँ, कात्तिक ७ :

सभामुख देवराज घिमिरेले आगामी अधिवेशनमा सबै विधेयकहरु पेश गर्न समितिका सभापतिहरुालाई निर्देशन दिनुभएको छ ।

 दफावार छलफलका लागि  रहेका विधेयकका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल सकिएपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो । 

 संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरुसँग छलफल गर्नुभएको हो।

 अधिवेशन नभएको अवस्थामा सांसदहरु जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउनसमेत कठिन भएको गुनासो सभापतिहरूले सभामुखसँग गरेपछि सभामुखले आज बैठक बोलाउनु भएको हो ।

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही हुनुहुन्थ्यो । 

दफावार छलफलका लागि  राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति  र अर्थ समितिमा  विधेयकहरु छलफलका क्रममा रहेका छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार