मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
समाचार भिडियो

दसैँतिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला

जोखिम मोलेर कुनै पनि सवारी साधन नचलाउन चालकहरूलाई आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
दसैँतिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं, असोज २० :

दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको यातायात व्यवसायी लगाएत सरोकारवाला निकायको संयुक्त बैठकले दशैँ लगायतका चाडपर्वलाई लक्षित गरी असोज २३ गतेदेखि लामो तथा मध्यम दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

बैठकले फूलपातीदेखि पूर्णिमासम्मका लागि रिजर्भ गाडीहरू तथा लामो/मध्यम दूरीका सवारी साधनहरूलाई नेपालभरका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ भने चाडपर्वको अवधिमा सडकमा यातायातको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न, खसीबोका जस्ता अत्यावश्यक सामग्री बोक्ने गाडीहरूलाई मात्र प्राथमिकता दिइने निर्णय भएको यातायात व्यवस्था बिभागका महानिर्देशक राजिव पोखरेलले जानकारी दिए । यात्रुहरूलाई ठगिन वा कालाबजारी हुन नदिन र भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा स्टेसनहरूमा सहायता कक्ष राखिने उनले बताए ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले दशैँ लगायतका चाडपर्वका समयमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि नहुने र पूर्वनिर्धारित भाडामा नै आवातजावतको व्यवस्था गर्न प्रतिबद्ध रहेको बताए । वर्षा र प्राकृतिक प्रकोपका कारण धेरै ठाउँमा बाटो बिग्रिएकाले जोखिम मोलेर कुनै पनि सवारी साधन नचलाउन चालकहरूलाई आग्रह गरिएको उनले बताए ।

सिटौलाले बिपी राजमार्गको चाप कम गर्न र सहज बनाउन दुईपाङ्ग्रेलगायतका गाडीहरूलाई कान्तिपथ वा अन्य वैकल्पिक मार्गबाट पठाउने जस्ता व्यावहारिक कुराहरूमा छलफल भएको उल्लेख गरे ।  

सबै ७ वटै प्रदेश तथा जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा यातायात व्यवस्थापन समितिहरूले कुन–कुन बाटोमा गाडी चलाउन मिल्छ वा मिल्दैन भन्ने अध्ययन गरि आवश्यक निर्णय गर्ने उनले बताए। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार