मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
राजनीति भिडियो

कांग्रेसको १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता गर्ने क्रम जारी

केन्द्रीय कार्यसमितिको आकार बढाएर २९७ सदस्यीय बनाइयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
कांग्रेसको १५औँ महाधिवेशन : उम्मेदवारी दर्ता गर्ने क्रम जारी
काठमाडौं, असोज २० :

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइरहेको छ । काठमाडौंको सभागृहमा उम्मेदवारी दर्ता भइरहेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ६ बजेसम्मका लागि थप गरिएको छ । यसअघि मनोनयन पत्र दर्ता समय दिउँसो ४ बजेसम्मका लागि तोकिएको थियो । 

उम्मेदवारी दर्ता गर्न इच्छुक उम्मेदवारले आफूले उम्मेदवारी दिन चाहेको पदअनुसारको उम्मेदवारी फारम पूर्ण रूपमा भर्नुपर्ने र तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ । महाधिवेशन प्रतिनिधिहरूको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ ।

उम्मेदवारी दिनेले सभागृहभित्रै प्रभु बैंकका कर्मचारीलाई निर्धारित गरिएको रकम बुझाएर रसिद लिइ उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । त्यस्तै महाधिवशेनले पारित गरेको संशोधित बिधानमा पदाधिकारी संख्या १४ बाट बढाएर २६ पु‍¥याइएको छ ।  

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पु‍¥याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।  दुई खुला सहमहामन्त्री थपिएका छन् ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय थियो । पदाधिकारी संख्या १४ थियो । यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार