मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर #उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर
समाचार अर्थतन्त्र

व्यवसायीहरूका लागि तत्काल पुनरुत्थान योजना ल्याइयोस् : अध्यक्ष अञ्जन श्रेष्ठ

भोटेकोशी बाढीले सर्वस्व गुमेको व्यवसायीलाई हेरियोस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
व्यवसायीहरूका लागि तत्काल पुनरुत्थान योजना ल्याइयोस् : अध्यक्ष अञ्जन श्रेष्ठ
काठमाडौं, असोज २० :

नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीहरूका लागि तत्काल पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले हालैको विपद्का कारण साना पूँजी भएका व्यवसायीहरूको सर्वस्व गुमेको अवस्था रहेकाले व्यवसायीहरूका लागि पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेका हुन् ।

उनले त्रिशुली लगायतका क्षेत्रका व्यवसायीहरूले विपद्ले धनमाल सबै बगाएर लगे पनि बैंकको ऋण भने नसकिएको गुनासो गरेको उल्लेख गरे । भोटेकोशी विपद् र पछिल्लो क्षतिबारे महासंघले टोली खटाएर स्थलगत अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरेको भन्दै उनले पूर्ण प्रतिवेदन यो हप्ताको अन्तसम्ममा सरकारलाई बुझाउने तयारी रहेको बताए ।

उनले भविष्यका बाढी, पहिरो तथा जलवायु जोखिमलाई ध्यानमा राखी सुरक्षित र जलवायु सहनशील पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।  

उनले दसैँका लागि ल्याइएका सामान तथा हजारौँ नयाँ गाडीहरू रोकिएर नोक्सान भएकाले तातोपानी नाका छिटो भन्दा छिटो खुलाउन सरकारसँग आग्रह गरे ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार