मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन #विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन
राजनीति

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकियो

प्रस्तावित १३ जना राजदूतविरुद्ध ७ वटा उजुरी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकियो
काठमाडौं, असोज २० :

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दशैँअघि नै सम्पन्न गरिने भएको छ।  मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाइ प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो। कुटनीतिक नियोगहरूमा राजदूतको अभावले पारेको असरलाई मध्यनजर गर्दै सुनुवाइ छिटो टुंग्याउनुपर्नेमा  सहमति जुटेको हो।

बैठकमा केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाइ दशैँपछि गर्नुपर्ने धारणा राखेका थिए। सांसदहरूले सुनुवाइ प्रक्रियालाई केवल औपचारिकतामा सिमित नराख्ने प्रतिबद्धता जनाएका छन्।

जटिल प्रकृतिका उजुरीका हकमा आवश्यक परे छुट्टै उपसमिति गठन गरेर छानबिन गरिने सभापति वोधनारायण श्रेष्ठले जानकारी दिए।प्रस्तावित १३ जना राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन्।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शमशेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ।

यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार राजदूत सिफारिस भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार