मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन #विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन
राजनीति

वरिष्ठ उपसभापतिमा शर्मा र महामन्त्रीमा पौडेलको उम्मेदवारी दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
वरिष्ठ उपसभापतिमा शर्मा र महामन्त्रीमा पौडेलको उम्मेदवारी दर्ता
काठमाडौं, असोज २० :

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । पुष्पराज पौडेलले वारेसमार्फत शर्माको उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको हो । उनी गत विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएका थिए । 

यसैगरी प्रदीप पौडेल महामन्त्रीमा मनोनयन दर्ता गराएका छन् । उनी पनि गत विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार