मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला #भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो
काठमाडौं, असोज २० :

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले  बढेर दुई हजार ५७८ दशमलव ७३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अङ्कले बढेर ४६१ दशमलव ८६ मा पुगेको छ । 

त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ८२ अङ्कले बढेर १७७ दशमलव ७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७५ अङ्कले बढेर १५५ दशमलव ८४ मा पुगेको छ । आज विभिन्न कम्पनीका  ८९ लाख  ५५ हजार २३० कित्ता सेयर रु तीन अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो ।

आज १६९ कम्पनीको सेयर बढ्यो भने ९५ कम्पनीको सेयर घट्यो । त्यसैगरी १५ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी सर्वाेत्तम पेन्ट्स, एनआइविएल ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार