नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता भइरहेको छ। मनोनयन दर्ताको क्रम जारी रहँदा पदाधिकारीका विभिन्न पदमा उम्मेदवारी दिनेहरूको संख्या उल्लेख्य देखिएको छ।
सभापति पदमा हालसम्म श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन्। सभापतिका लागि उम्मेदवारी घोषणा गरेका वर्तमान सभापति गगनकुमार थापा र किशोरसिंह राठौरले भने हालसम्म मनोनयन दर्ता गराएका छैनन्।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीका विभिन्न समूहगत पदमा भने धेरै उम्मेदवारी परेको छ। हालसम्म दर्ता भएका उम्मेदवारीमध्ये खुला उपसभापति पदमा डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारी छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार र रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन्। महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी परेको छ।
महामन्त्रीतर्फ महिला समूहमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन्। खुला महामन्त्रीमा शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे र अमरसिंह पुनको उम्मेदवारी परेको छ।
सहमहामन्त्रीतर्फ महिला समूहमा प्रतिमा गौतमको उम्मेदवारी परेको छ। खुलातर्फ देवेन्द्रराज कँडेल, रामहरि खतिवडा र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन्।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा जीवनबहादुर शाही र मीन भाम प्रतिस्पर्धामा छन्। खसआर्यतर्फ मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी र जगदिश्वरनरसिंह केसीले उम्मेदवारी दिएका छन्।
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामाको उम्मेदवारी परेको छ। थारु समूहबाट तेजुलाल चौधरी र योगेन्द्र चौधरीले उम्मेदवारी दिएका छन्। अल्पसंख्यकतर्फ आङगेलु शेर्पा तथा मुस्लिमतर्फ अब्दुल सत्तरले उम्मेदवारी दर्ता गराएका छन्।
मधेशी सहमहामन्त्रीमा अभिषेकप्रताप शाहको उम्मेदवारी परेको छ भने दलिततर्फ लक्ष्मी परियार, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र नरेन्द्र पासवानले उम्मेदवारी दिएका छन्। मनोनयन दर्ताको समय सकिन बाँकी रहेकाले उम्मेदवारको संख्या थप हुने जनाइएको छ । पदाधिकारीमा हालसम्म परेका उम्मेदवारी यस्तो छ :
सभापति
श्यामकृष्ण खड्गी
वरिष्ठ उपसभापति
विश्वप्रकाश शर्मा
उपसभापति(खुला)
–डा. चन्द्रमोहन यादव
–सुरेन्द्रराज पाण्डे
–डा. मीनेन्द्र रिजाल
– गोविन्द भट्टराई
–देवराज चालिसे
–मधुप्रसाद आचार्य
–धनराज गुरुङ
–दीपक गिरी
–डा. चन्द्र भण्डारी
समावेशी उपसभापति
–विनोद चौधरी
–फरमुल्लाह मन्सुर
–जीवन परियार
–रञ्जित कर्ण
महिला उपसभापति
–पुष्पा भुसाल
महामन्त्री (महिला)
–डिला संग्रौला
–रिता खनाल
–महालक्ष्मी उपाध्याय डिना
महामन्त्री (खुला)
–शंकर तिवारी
–सुनिल शर्मा
–नैनसिंह महर
–प्रदीप पौडेल
–गुरुराज घिमिरे
–अमरसिंह पुन
सहमहामन्त्री (महिला)
–प्रतिमा गौतम
सहमहामन्त्री (खुला)
–देवेन्द्रराज कँडेल
–रामहरि खतिवडा
-डिल्लीराम सुवेदी
सहमहामन्त्री (पिछडिएको क्षेत्र)
–जीवनबहादुर शाही
–मीन भाम
सहमहामन्त्री (खसआर्य)
–मनोजमणि आचार्य
–अजयबाबु शिवाकोटी
–जगदिश्वरनरसिंह केसी
सहमहामन्त्री (आदिवासी जनजाती)
–बहादुरसिंह लामा
सहमहामन्त्री (थारु)
–तेजुलाल चौधरी
–योगेन्द्र चौधरी
सहमहामन्त्री (अल्पसंख्यक)
–आङगेलु शेर्पा
सहमहामन्त्री (मुस्लिम)
–अब्दुल सत्तर
सहमहामन्त्री (मधेशी)
–अभिषेकप्रताप शाह
सहमहामन्त्री (दलित)
–लक्ष्मी परियार
–प्रकाश रसाइली स्नेही
–मानबहादुर नेपाली
–नरेन्द्र पासवान