बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित #सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित
समाचार राजनीति प्रदेश कर्णाली प्रदेश

जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र

· मंगलबार, ७ कात्तिक, २०८१ मा प्रकाशित
जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
सुर्खेत, कात्तिक ७ :

जाजरकोटका राजनीतिक दलहरूले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । 

भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासो सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सङ्घीय सरकारले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गको मन्ताभीर खण्ड निर्माण नभएको, भूकम्पपछिको पुनः निर्माण, सहुलियत कर्जा उपलब्ध गराउने लगायतका विषय ध्यानाकर्षण पत्रमा समेटिएको छ । 

प्रदेश सरकार मातहतको जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवा सहित सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरिएको छ । 

जाजरकोटका विभिन्न ठाउँमा रहेका काइननाईट, टुरमालीन जस्ता बहुमूल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन तथा प्रशोधनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ । 

ध्यानाकर्षण पत्रमार्फत सङ्घीय सरकारकै कार्यक्षेत्र रहेको नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाटलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अगाडि बढाउन आग्रह गरिएको छ । 

सङ्घीय सरकार मातहतका थलह चाँदे हुँदै जुम्ला जोडने सडक, थलह फूलकारी नदइडाव सडक, कुशे बाउली ढुङ्गा सडक, छेडा कचाली सडक, बारेकोट मुलसाव जुम्ला सडक निर्माण गर्न बजेट माग गरिएको छ । 

त्यस्तै सुयाडा, मष्टामन्दिर, पौराणिक स्तुपा निर्माणका लागि ध्यान दिन अनुरोध गरिएको नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य अमरसिंह राठोरले बताउनुभयो ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार