मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
राजनीति

वरिष्ठताक्रम मिचेर सर्वोच्चमा चार न्यायाधीश सिफारिस, मल्ल र नेपालको असहमतिसहित फरक मत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
वरिष्ठताक्रम मिचेर सर्वोच्चमा चार न्यायाधीश सिफारिस, मल्ल र नेपालको असहमतिसहित फरक मत
काठमाडौं, असोज २० :

न्याय परिषद्ले सर्वोच्च अदालतमा गरेको चार न्यायाधीश सिफारिस विवादमा परेको छ ।

वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले त्यसप्रति असहमतिसहित जनाउँदै फरक मत जाहेर गरेकी छन् । विधि र प्रक्रिया मिच्दै मनोमानी रूपमा न्यायाधीशहरूको नाम छनोट गरिएको भन्दै उनले फरक मत राखेकी हुन् ।

रोलक्रम मिच्दै, समावेशितालाई बेवास्था गर्दै  संविधान, ऐन तथा न्यायका मूल्यमान्यता विपरीत नामहरू सिफारिस गरिएकोमा उनको फरक मत थियो । सरकारले रोलक्रम मिचेर हालका प्रधाननयायाधीश डा.मनोजकुमार शर्मालाई नियुक्ति गर्दा उनी स्वयं प्रधानन्यायाधीश हुनबाट बञ्चित भएकी व्यक्ति हुन् ।

यसैगरी, न्याय परिषद् सदस्य महेश नेपालले पनि सर्वोच्च अदालतका न्यायाधीश सिफारिसमा लिखित विमति राखेको खुलेको छ । 

न्यायपरिषद्को मंगलबारको बैठकले सर्वोच्च अदालतमा चारजना न्यायाधीशको सिफारिस गरेको थियो ।बैठकले उच्च अदालतका एक मुख्य न्यायाधीश सहित अरु तीन न्यायाधीशलाई सर्वोच्चमा सिफारिस गरेको हो ।
पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द ,चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चमा सिफारिस गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार