नेपाली कांग्रेसको महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचिन समितिले जनाएको छ।
निर्धारित उम्मेदवारी दर्ताको समयसम्म उक्त पदमा उनी बाहेक कसैको पनि उम्मेदवारी परेन । मनोनयन दर्ताको समय दिउँसो ४ बजेबाट बढाएर साँझ ७ बजेसम्म पुर्याइएको थियो । यसअघि गत पुसमा भएको विशेष महाधिवेशनमा पनि उनी उपसभापति बनेकी थिइन्।