बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन#पुष्पा भुसाल#महिला उपसभापति #ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा#नेपाली कांग्रेस#१५औँं महाधिवेशन#पुष्पा भुसाल#महिला उपसभापति
राजनीति

वर्षाले कांग्रेसको बन्दसत्र प्रभावित, सभापति थापाले सम्बोधन गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
वर्षाले कांग्रेसको बन्दसत्र प्रभावित, सभापति थापाले सम्बोधन गर्दै
काठमाडौं, असोज २१ :

अचानक हावाहुरीसहितको वर्षाले खुलामञ्चमा जारी कांग्रेसको बन्दसत्र केहीबेर प्रभावित भएको छ। वर्षाले गर्दा प्रतिनिधिहरु महाधिवेशनस्थल आउन नसक्दा बिहान साढे ११ बजेदेखि सुरु भनिएको बन्दसत्र सुरु हुन केही ढिलाई भयो । प्रतिनिधिहरुका निम्ति खाना र खाजाको व्यवस्था गरेको भृकुटीमण्डपबाट बन्दसत्र स्थल खुलामञ्च फर्किन वर्षाले कठिनाई भएको थियो ।

प्रवक्ता देवराज चालिसेले आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिए छ। उनका अनुसार बन्द सत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगन थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने तयारी कांग्रेसले गरेको छ। बन्द सत्रबाट राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार