भारतले सूर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि नेपाल तर्फचोरी आयात हुने सम्भावना बढेकाले नेपालमा पनि भन्सार दर घटाउन खाने तेल व्यवसायीहरुले माग गरेका छन् ।
भारत सरकारले सेप्टेम्बर २४ तारिख देखि सूर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको साढे १६ प्रतिशत भन्सारलाई घटाएर साढे ५ प्रतिशत पुर्याएको छ । यसमा ५ प्रतिशत जिएसटी जोड्दा पनि भारतमा तयारी सूर्यमुखी तेलको लागत मूल्य करिब ११ प्रतिशत मात्र पर्ने भएकाले नेपालमा भन्दा सस्तो पर्ने र भारतबाट चोरी आयात हुने सम्भावना बढेको व्यसायीहरुले जनाएका छन् ।
नेपालमा सूर्यमुखी तेलको कच्चा पदार्थमा १० प्रतिशत भंसार र १३ प्रतिशत भ्याट लाग्दै आएको छ । भारतबाट हुने चोरी तस्करी रोक्न नेपालमा सूर्यमुखी तेलको कच्चा पदार्थको भंसार घटाउन नसके नेपाल मै प्रतिस्पर्धा गर्न गाह्रो हुने खाने तेल व्यवसायी एवम् उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए। उनले भारत सरकारले भन्सार दर घटाए लगत्तैसूर्यमुखी तेलको मुल्य करिब १० रुपैया प्रति लिटर सस्तो भएको जानकारी दिए।
भारत सरकारले कच्चा भटमास र पाम तेलको भन्सार दर पनि साढे १६ प्रतिशतबाट घटाएर साढे ११ प्रतिशत पुर्याएको छ । भटमास र पाम तेलमा भन्सार दर कम फरक भएकाले भटमास र पाम तेल चोरी आयातको सम्भावना नभए पनि सूर्यमुखी तेलले भने नेपालका खाने तेल उद्योगहरुलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको व्यवसायीहरुको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
आर्थिक स्वतन्त्रताको विश्वव्यापी सूचकाङ्क : नेपाल एक स्थान तल झर्यो
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
लिगमार्फत जहाज थप्न र नयाँ अन्तर्राष्ट्रिय गन्तव्यहरू विस्तार गर्न व्यवस्थापनलाई निर्देशन