बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा #किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक#ललितपुर प्रहरी#सुरक्षा योजना लागू#स्वर्णिम वाग्ले#आर्थिक स्वतन्त्रता#सभापति गणेश पराजुली#बाढी प्रभावित क्षेत्रमा#चितवनमा एम्बुलेन्स बगायो#भन्सार जाँचपास#बाढीपहिरो र हिमपात#हावाहुरीसहितको वर्षा#दलित आयोग#वार्षिक प्रतिवेदन पेस#दिनभर झरी#मेघगर्जनसहित वर्षा
समाचार

ललितपुर प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु

२४ वटा मुख्य स्थानमा चौबीसै घण्टा प्रहरी तैनाथ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५१ मिनेट अगाडि प्रकाशित
ललितपुर प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु
काठमाडौं, असोज २१ :

ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ ।  चाडपर्वमा हुनसक्ने अपराधीक गतिविधिलाई नियन्त्रण गर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

दैनिक सुरक्षा ड्यूटीका लागि १,१५१ जना प्रहरी परिचालन हुने र कमाण्ड फोर्ससहित कुल १,३४१ जना प्रहरी जनशक्ति यस विशेष सुरक्षा योजनामा खटिएको उनले बताए । उनले सर्वसाधारणको बढी भिडभाड हुने ठाउँहरू सुन पसल, व्यापारिक केन्द्र, बैंक तथा वित्तीय संस्था, सपिङ कम्प्लेक्स, बस पार्क तथा बस स्टपहरूलाई केन्द्रित गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गरे । 

२४ वटा मुख्य स्थानहरूमा चौबीसै घण्टा प्रहरी तैनाथ रहने पिकेट राखिएको र प्रत्येक युनिटबाट कम्तीमा एउटा गाडी मोबाइल र एउटा पैदल गस्ती खटाइएको ललितपुर प्रहरीले जनाएको छ । त्यसैगरी संदिग्ध गतिविधिमाथि निगरानी राख्न सादा पोशाकमा प्रहरीहरू परिचालन गरिएको तथा यात्रुबहाक गाडीहरूमा सर्वसाधारण यात्रुकै रूपमा सादा पोशाकका प्रहरीहरू यात्रा गरी निगरानी गर्ने व्यवस्था मिलाइएको एसपी मिश्रले जानकारी दिए ।

त्यस्तै २४ घण्टा सीसीक्यामेरा कन्ट्रोल रुमबाट निगरानी गरिनुका साथै भीडभाड हुने र पूजाआजा हुने ठाउँहरूमा ड्रोनबाट समेत अनुगमन गरिने ललितपुर प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार