काठमाडौं, असोज २१ :
मन्त्रिपरिषद्को बैठक अहिले बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
बैठकमा नियुक्ति, सरुवा-बढुवा, बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण लगायत मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने जनाएको छ ।