काठमाडौं, असोज २१ :
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सभापतिमा उम्मेदवारी दिएका किशोर सिंह राठौरले फिर्ता लिएका छन्। उनले बुधबार दिउँसो राष्ट्रिय सभागृह परिसरमा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको जानकारी गराए ।
पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि आफूले उम्मेदवारी फिर्ता लिएको राठौरले बताए ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित हुने गरी चुनावमा जान नहुने उनले बताउँदै आएका थिए। राठौरले उम्मेदवारी फिर्ता लिएसँगै सभापतिका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।