बुधबार, २१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
राजनीति

बेपत्ता भएको ४५ दिनमै मृत घोषणा गर्न सकिने, कानुनी अवरोध हटाउन अध्यादेश ल्याउने निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
बेपत्ता भएको ४५ दिनमै मृत घोषणा गर्न सकिने, कानुनी अवरोध हटाउन अध्यादेश ल्याउने निर्णय
काठमाडौं, असोज २१ :

सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोधलाई हटाउन कानुन संशोधनका लागि अध्यादेश जारी गर्न सिफारिस गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमार्फत बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानुनी अवरोध हटाउने निर्णय गरेको हो । भोटेकोशीको बाढीलाई मध्यनजर गर्दै यसभन्दा अघि १२ वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई मृतक घोषणा गर्ने प्रावधान रहेकोमा त्यसलाई ४५ दिन बनाउने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्रिपरिषदले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिको लागि सिफारिस भएका १५३ जना पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।

साथै बैठकले सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ भने  नेपाल प्रशासन सेवा समीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चक्रबहादुर बुढालाई बढुवा गर्ने निर्णय गरेको छ । 

प्रवक्ता पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका बिषयमा सरकारी निकायले आफ्ना नियमित कामहरू गरिरहेको र त्यसमा थप केही खुलाउनुपर्ने भए सम्पत्ति शुद्धीकरण अथवा सम्बन्धित मन्त्रालयबाट खुल्ने जवाफ दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार