बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा #दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा
समाचार

हुरीले गोलभेँडा खेतीमा क्षति

सक्रिय न्युज · ७ घण्टा अगाडि प्रकाशित
हुरीले गोलभेँडा खेतीमा क्षति
गुल्मी, असोज २२ :

गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ ।

व्यावसायिकरुपमा निर्माण गरिएका करिब चार सय टनेलमध्ये ८० वटामा क्षति पुगेको हो ।

सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर त्रामु मगरका अनुसार हुरीले टनेलको प्लास्टिक च्यातिएपछि गोलभेडा खेतीमा क्षति पुगेको हो ।  टनेलमा किसानले गोलभेँडा, बन्दा, काउली, सिमी, काँक्रा, सिमलामिर्च, तिते करेलालगायतका तरकारी उत्पादन गर्दै आएका छन् ।

एउटा टनेलबाट चारदेखि पाँच क्वीन्टलसम्म गोलभेँडा उत्पादन हुने त्यहाँका किसान बताउँछन् । टनेलको प्लास्टिक च्यातिएपछि गोलभेँडाका साथै अन्य तरकारीमा समेत क्षति पुगेको छ । उक्त क्षेत्रमा सबैभन्दा बढी गोलभेँडा उत्पादन हुने गरेको छ । ठूलोलुम्पेकमा उत्पादित तरकारी बिक्री गर्न स्थानीय बजारसँगै बुटवलसम्म लैजाने गरिएको छ ।

बजारमा गोलभेँडाको माग अत्यधिक भए पनि पछिल्लो समय माग अनुसार उत्पादन गर्न नसकिएको वडाध्यक्ष मगरले बताए । हुरीका कारण रु आठ लाखभन्दा बढीको गोलभेँडामा क्षति पुगेको छ । स्थानीय बजारमा गोलभेँडा प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा तथा थोकमा रु ३५ देखि रु ४० सम्म बिक्री हुने गरेको छ ।

वडाध्यक्ष मगरका अनुसार ठूलोलुम्पेकमा इन्द्र विश्वकर्मा, लिलस राहडी, हेमराज थापा, मोतीप्रसाद श्रीस, चेतमान राहडीलगायत किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । वर्खामा सडक अवरुद्ध हुँदा यहाँका किसानलाई यतिबेला तरकारी बजारसम्म पुर्याउन सकस भएको छ । अहिले किसानले करिब एक घण्टा लामो वैकल्पिक सडक प्रयोग गरेर सङ्कलन केन्द्रसम्म तरकारी पुर्याउनु पर्ने बाध्यता छ ।

किसानलाई बजारको समस्या नहोस् भन्ने उद्देश्यले सत्यवती गाउँपालिकाले बुटवलको कृषि उपज तथा तरकारी थोक बिक्री केन्द्रमा सटर भाडामा लिएर तरकारीको व्यवस्थापन गर्दै आएको छ । तीन वर्षदेखि गाउँपालिकाले सटरको भाडा व्यहोर्दै तरकारी बिक्रीको चाँजोपााजो मिलाउँदै आएको गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताए ।

तरकारी उत्पादनमा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँदै आएको उनले बताए । यस अन्तर्गत कृषकलाई प्रतिकिलो दुई रुपैयाँ र त्यसको व्यवस्थापन गर्ने समूहलाई प्रतिक्विन्टल २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष पाण्डेले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार