बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा #दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा
राजनीति भिडियो

गगन थापा निर्विरोध सभापति बन्न सकेनन्, खड्गीसँग चुनावी भिडन्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ घण्टा अगाडि प्रकाशित
गगन थापा निर्विरोध सभापति बन्न सकेनन्, खड्गीसँग चुनावी भिडन्त
काठमाडौं, असोज २२ :

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित हुने ठानिएका गगनकुमार थापा अन्ततः मतदानबाट चुनिनु पर्ने अवस्थामा पुगेका छन्। सभापतिका अर्का प्रत्याशी श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिएपछि थापा अब मतदानमार्फत नेतृत्वमा पुग्नुपर्ने अवस्थामा पुगेका छन्।

सभापतिमा तीन जनाको उम्मेदवारी परेकोमा किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिए पनि खड्गी चुनावी मैदानमै कायम रहे। खड्गीले उम्मेदवारी कायमै राखेपछि सभापति पदमा थापा र खड्गीबीच प्रतिस्पर्धा हुँदैछ।

कांग्रेसलाई नयाँ स्वरूपमा अघि बढाउने उद्घोषसहित विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापा सभापतिका निर्विकल्प उम्मेदवार बन्ने अपेक्षा गरिएको थियो। तर अन्तिम समयमा खड्गी प्रतिस्पर्धामा कायम रहेपछि थापाका लागि पार्टी नेतृत्वको यात्रा अब निर्वाचनको परिणामसँग जोडिएको छ।

यता, महाधिवेशनका अन्य शीर्ष पदमा भने सर्वसम्मति कायम भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेका छन्।

बन्दसत्रका सबै प्रक्रिया र प्रतिवेदन पारित भएसँगै कांग्रेस महाधिवेशन अब नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदानतर्फ अघि बढेको छ। सभापति पदमा भने अब ‘सर्वसम्मति’ होइन, मतपत्रबाटै नेतृत्वको टुंगो लाग्ने भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार