बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा #दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा
राजनीति

वरिष्ठ नेतामा मनोनीत भण्डारी ११ वर्षपछि एमाले बैठकमा सहभागी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ घण्टा अगाडि प्रकाशित
वरिष्ठ नेतामा मनोनीत भण्डारी  ११ वर्षपछि एमाले बैठकमा सहभागी
ललितपुर, असोज २२ :

एमालेको वरिष्ठ नेतामा मनोनीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी  ११ वर्षपछि एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्।  

भण्डारीले लामो समयपछि वरिष्ठ नेताको रुपमा एमाले बैठकमा सहभागिता जनाएकी हुन्।  बैठकमा भण्डारीलाई अध्यक्ष ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए। लामो समयपछि पार्टीमा जोडिएकोमा बैठकमा सहभागीहरुले उनलाई बधाई तथा सफल कार्यालको शुभकामना दिएका थिए ।

दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी पदावधि सकिएपछि पुनः पार्टीमा फर्कने चाहना व्यक्त गर्दै सदस्यता नवीकरण गराएकी थिइन् ।
तर अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता रोकेको थियो।

जेन्जी आन्दोलनपछि पार्टीभित्रै अध्यक्षको विकल्प खोज्न थालिएपछि असन्तुष्टि व्यक्त गर्नेको मुख बन्द गर्न ओलीले चलाखीपूर्ण रुपमा भण्डारीको सदस्यता नवीरकण गर्ने वातावरण बनाएका थिए । ओलीको निर्देशन पाएपछि एमाले केन्द्रीय कमिटी बैठकबाट उनलाई वरिष्ठ नेता मनोनीत गरिएको हो।  

पार्टीमा लामोसमय रगत पसिना बगाएको भन्दै भण्डारीले एमालेमै रहेर पुनः सक्रिय राजनीति गर्ने इच्छा व्यक्त गर्दै आएकी थिइन् । वरिष्ठ नेतामा मनोनीत गरिएकोमा उनले सार्वजनिक रुपमै खुशी व्यक्त गरेकी छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार