बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा#विमलेन्द्र निधि #निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह#संसदीय विशेष समिति#सभापति कृष्णप्रसाद पौडेल#प्रमुख निर्वाचन आयुक्त#मानबहादुर कार्की#विद्यादेवी भण्डारी#११ वर्षपछि एमाले बैठकमा#विमलेन्द्र निधि
राजनीति भिडियो

अदृश्य शक्तिको इशारामा पार्टीलाई विभाजन गर्ने कोसिस भइरहेको छ : प्रकाशमान सिंह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
अदृश्य शक्तिको इशारामा पार्टीलाई विभाजन गर्ने कोसिस भइरहेको छ : प्रकाशमान सिंह
काठमाडौं, असोज २२ :

नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इशारामा पार्टीलाई विभाजन गर्ने कोसिस भइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित अदृश्य शक्ति सक्रिय रहेको भन्दै उनीहरुको स्वार्थ पूरा हुन नदिने उल्लेख गरे । उनले कांग्रेसको इतिहास, विधान र स्थापित परम्परा विपरीत कसैले पनि कार्य गर्न नहुनेमा जोड दिए ।  

गल्ती गर्नेहरूलाई ढाकछोप गर्ने वा झन् प्रोत्साहन गर्ने परिपाटी गलत भएको भन्दै उनले बेथिति र गल्तीलाई सच्चायाएर सही बाटोमा ल्याउनुपर्ने आवश्यकता रहेको धारणा राखे ।  

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्यसमितिले विधान र नियम अनुसार नै आवश्यक र निर्णयहरू गर्दै अगाडि बढ्ने उनले बताए । उनले लोकतान्त्रिक पार्टीमा मतभेद र भिन्न विचार हुनु स्वाभाविक भए तापनि, अदृश्य शक्तिको इसारामा पार्टीको नियम–विधि उल्लङ्घन गरेर मनपरी गर्नु अलोकतान्त्रिक व्यवहार भएको तर्क गरे ।

नेता सिंहले संस्थापक नेताहरूले देखाएको निष्ठा, सिद्धान्त र आदर्शको बाटोमा रहेर वर्तमान चुनौतीहरूलाई हिम्मतका साथ समाधान गर्दै अघि बढ्ने बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार