शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

महाधिवेशनमा युवाहरूको ठुलो आकर्षण र ऊर्जा देखियो : वरिष्ठ उपसभापति शर्मा

३५ हजार भन्दा बढी युवाहरू पार्टीमा जोडिएको दाबी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
महाधिवेशनमा युवाहरूको ठुलो आकर्षण र ऊर्जा देखियो : वरिष्ठ उपसभापति शर्मा
काठमाडौं, असोज २३ :

नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन् ।

शुक्रबार नेतृत्व चयनका लागि भइसकेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५,००० भन्दा बढी युवाहरू पार्टीमा जोडिएको भन्दै ठूलो आकर्षण र ऊर्जा देखिएको उनीहरुमा देखिएको बताएका हुन्

उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई चार–पाँच वटा पुस्ताको सन्तुलन भएकाले गाउँमा खट्ने श्रमिकदेखि बौद्धिक वर्गसम्म सबैलाई जोड्ने प्रयास गरिएको उल्लेख गरे ।

महाधिवेशन एक दिन लम्बिएपनि निर्वाचन प्रक्रिया एकदमै सहज र उत्साहजनक ढङ्गले अघि बढिरहेको उनले बताए ।

उनले  विगतमा पनि मतगणना र अन्य प्रक्रियामा १ हप्तासम्म लाग्ने गरेको भन्दै यहाले यसपटक छिटो परिणाम आउने विश्वास व्यक्त गरे ।

यस १५ औं महाधिवेशनबाट शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार