शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार

पृथ्वी राजमार्गअन्तर्गत गलौदीमा भासिएको स्थानमा नयाँ डाइभर्सन निर्माणको काम सुरु

अपरान्हदेखि सडक सुचारु हुने सम्भावना
सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
पृथ्वी राजमार्गअन्तर्गत गलौदीमा भासिएको स्थानमा नयाँ डाइभर्सन निर्माणको काम सुरु
धादिङ, असोज २४ :

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–५ गलौदी नजिक सडक भासिएको स्थानमा नयाँ डाइभर्सन निर्माणको काम सुरु गरिएको छ ।

त्रिशूली नदीको कटानले सडक चिरा परेर भासिएपछि अवरुद्ध सडक खुलाउन भासिएकै सडकको कुनाबाट भित्ता काटेर नयाँ डाइभर्सन निर्माणको काम थालिएको हो ।

नागढुंगा मलेखु सडक खण्डको गलौदीमा करिव २० मिटर सडक भासिएको छ भने झण्डै ७० मिटर सडक चिरा परेको छ । चिरा परेको सडक समेत छिचोल्नेगरी करिब एक सय २० मिटर नयाँ डाइभर्सन बनाउन लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिए ।

सडक भासिएको स्थानमा हिजोदेखि नै सवारी आवागमन ठप्प छ । रोकिएका साना सवारीलाई पहिरो नजिकबाट ग्रामीण वस्ती जाने वैकल्पिक सडक मर्मत गरी आवतजावत गराउन लागिएको पनि प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए। उनका अनुसार दिउँसो सम्ममा साना सवारीका लागि वैकल्पिक सडक मर्मत गरिने र साँझसम्म नयाँ डाइभर्सन तयार गरिनेछ ।

भदौ १० गतेको बाढीपछि तलबाट त्रिशूली नदीले कटान गर्दा त्यसको असर अहिले नदी तटीय क्षेत्रमा पर्ने राजमार्गहरूमा देखिएको छ ।

त्रिशूली नदीको कटानमा परी भाँसिएको सडकको अवस्था सामान्य रहे अपरान्हदेखि सुचारु हुने जनाईएको हो ।

सडक विभागले सामाजिक सञ्जाल फेसकुबमार्फत सूचना जारी गर्दै स्थानीय निकायसँग छलफल भई ब्याक कटिङको कार्य सुरु गरिएको जनाएको छ  । सम्पूर्ण अवस्था सामान्य रहे करिब ८ घन्टामा यातायात सुचारू हुनेछ ।

सूचनामा यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ब्याक कटिङको काममा सुरू गर्न नसकिएको पनि उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार