बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ ।
आज बिहान करिब ४:३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ ।
दुवै टोलीले सम्भावित अवरोधको अवस्था र प्रभावित स्थानको आकलन गर्नाका साथै पहिराको जोखिममा रहेको जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ ।
काठमाडौँमा रहेको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्गबाट उक्त इलाकामा तैनाथ भएको र टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात
मतगणना जारी : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै
चुमनुब्रीका ३५ घर बगे, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति