संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४९औँ महासभामा नेपालले प्रस्तुत गरेको आपत्कालीन प्रस्ताव पारित हुनु एतिहासिक उपलब्धि भएको बताएका छन्।
महासभामा सहभागी भएर फर्किने क्रममा मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले ऐतिहासिक सफलता पाएको बताएका हुन्। आईपीयूमा सभामुख डोलप्रसाल अर्यालले नेपाललको तर्फबाट जलवायु विपद् उत्थान सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाई मतसहित पारित भएको थियो।
नेपालले प्रस्तुत गरेको प्रस्तावमा जलवायुजन्य विपद् तथा हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रमा बढ्दो चुनौती सम्बोधन गर्ने विषय समेटिएको महासचिव पाण्डेले बताए। महासभामा नेपालसहित बहराइन र इरानले आपत्कालीन प्रस्ताव प्रस्तुत गरेका थिए।
महासभामा सभामुख अर्यालले सुशासन, समावेशी शासन प्रणाली, संस्थागत जवाफदेहिता, नागरिक विश्वास अभिवृद्धि र सबै समुदायका लागि समान अवसर सिर्जना गर्न संसदको भूमिका महत्वपूर्ण धारणा राखेका थिए।
सभामुख अर्यालको नेतृत्वमा अर्यालकी धर्मपत्नी अम्बिका केसी, सांसद रबिनकुमार महतो, राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदी र डा अञ्जान शाक्य, महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल तथा सभामुखका निजी सचिव मधु मिजार महासभामा भाग लिन तान्जानिया गएका थिए। उक्त प्रतिनिधिमण्डल मंगलबार स्वदेश फर्किएको हो।