बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

खोकनामा सिकाली जात्रा मनाइयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० असोज, २०८३ मा प्रकाशित
खोकनामा सिकाली जात्रा मनाइयो
ललितपुर, असोज ३० :

ललितपुरको खोकनामा शुक्रबार सिकाली जात्रा मनाइएको छ ।

घटस्थापनादेखि सुरु भएको जात्राको छैठौं दिन खोकनाको सिकाली चउरमा तान्त्रिक रुद्रायणी देवीको नाच गरी जात्रा मनाउने परम्परा रहेको छ ।

परम्परागत बाजाको तालमा तालमा रुद्रायणी, महादेव, गणेश, कुमारी, इन्द्रायणी, महालक्ष्मी, सिंहिनी ब्याघ्रिनीलगायतले मुकुन्डो लगाई नाच्दै जात्रा मनाइन्छ ।

देवगणको दायाँबायाँ एक-एक जना सहयोगी र अर्को हातमा खड्ग समाई नाच्ने गरिन्छ ।

रुद्रायणी देवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्य भाव देवी र महिषासुर दैत्यबीचको वध गरेको दृश्य प्रस्तुत गरिन्छ । देवगणको नाचपछि खुला चउरमा सामूहिक भोज खाने चलन छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार