
काठमाडौँ, कात्तिक ८ :
सरकारले आज आफ्नो एक सय दिनको प्रगति विवरण सार्वजनिक गर्न लागेको छ ।
यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दिउँसो ३ बजे आफ्नो १०० दिनको कामको विवरण सार्वजनिक गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमालेको नेतृत्वमा गत असार ३० गते नयाँ सरकार गठन भएको थियो ।
सरकार गठनको १ सय दिन पूरा हुँदा पनि जनताको जनजीविकासँग जोडिएका विषयमा खासै उल्लेखनीय काम भने हुन सकेको छैन ।
तर दुई ठूला दलहरुको सरकार भएकोले राजनीतिक स्थिरताको विषय भने बलियो बनेको विश्लेषकहरुको भनाइ छ ।