शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
प्रदेश कोसी प्रदेश

मोरङको रतुवामाईमा गोली चलाएर तीन जना लागुऔषध कारोबारी पक्राउ, दुई भारतीय घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
मोरङको रतुवामाईमा गोली चलाएर तीन जना लागुऔषध  कारोबारी पक्राउ, दुई भारतीय घाइते
प्रतीकात्मक तस्वीर ।
मोरङ, कात्तिक १३ :

मोरङको रतुवामाईमा  प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। लागुऔषधको ठुलो कारोबार भइरहेको सूचनाका आधारमा निगरानीमा खटिएको प्रहरीको संयुक्त टोली र लागुऔषध कारोबारमा संलग्न व्यक्तिबीच बिहीबार राति जम्काभेट भएको थियो।

 दुईवटा मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरूले भाग्ने प्रयास गर्नुका साथै प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेको प्रहरीको भनाइ छ। प्रहरीले प्रतिकारस्वरूप आठ राउन्ड गोली चलाएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए। 

प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते भएका छन्। दुवै जनाको घुँडामुनि गोली लागेको छ।  दुवै जनालाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि ल्याइएको छ। पक्राउ परेकाहरूको साथबाट ५ सय ग्राम खैरो हेरोइन, पेस्तोल र गोलीसमेत बरामद भएको जनाइएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार