काठमाडौं, कात्तिक १५ :
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ। ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङ गरेको जनकपुरले ७ विकेट गुमाएर १४७ रन बनायो। जनकपुरका तृतराज दासले ५५ बलमा २ छक्का र ७ चौकासहित ६१ रनको अर्धशतकीय पारी खेले।
यस्तै अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ तथा मोइन अलीले १६ बलमा १ छक्का र ३ चौकासहित २१ रन बनाए। पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर दोस्रो जित निकाल्न चाहन्छ ।