बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा #गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा
राजनीति भिडियो

बृहत्तर कम्युनिस्ट एकतामा नेकपा सहसंयोजक नेपालको जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
बृहत्तर कम्युनिस्ट एकतामा नेकपा सहसंयोजक नेपालको जोड
काठमाडौं, कात्तिक १७ :

नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले बृहत्तर कम्युनिष्ट एकता र ध्रुवीकरणमा आउन अपिल गरेका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता कार्यक्रममा सह-संयोजक नेपालले कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढ्दै गएको भन्दै यसलाई बलियो बनाउन बृहत्तर कम्युनिष्ट एकता र ध्रुवीकरणमा आउन अपिल गरेका छन् ।

उनले अहिलेको परिस्थितिमा आकर्षण बढाउँदै लानुपर्ने भएकाले पार्टी एकीकरणको समायोजनको कामलाई तीव्रताका साथ अघि बढाइने उल्लेख गरे । नेपालले  जेठभित्र स्थानीय तहको निर्वाचन र सँगसँगै प्रदेश तहको निर्वाचन हुने सम्भावना रहेकाले त्यसको तयारीमा जुट्न समेत आग्रह गरे ।

पालिका तह र वडा तहमा अधिवेशन गरेर जनताको र स्थानीय कार्यकर्ताको परिचालन गर्ने एवं पार्टीलाई तलबाट सुदृढ बनाउने योजना बनाइएको उनले बताए ।

उनले  स्थानीय चूनावलाई मध्यनजर गर्दै महाधिवेशन चुनावपछि सार्ने योजना बनाइएको भन्दै यसबीचमा पार्टी संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार