काठमाडौं, कात्तिक १८ :
पहिलो महत्वपूर्ण जित हासिल गर्दै डेमोक्र्याटहरूले रिपब्लिकनको कब्जामा रहेको उत्तरी क्यारोलिनाको सिनेट सिट जितेका छन्।
यसैबीच जर्जियाबाट सिनेटर जोन ओसफ पुनः निर्वाचित भएका छन्। जर्जियामा ओसफको जित अपेक्षित नै थियो। तर रिपब्लिकनहरूले भने त्यहाँ कडा प्रतिस्पर्धा हुने र नतिजा निकै नजिक आउने आशा गरेका थिए। रिपब्लिकनको अपेक्षाविपरीत डेमोक्र्याटहरूले सहज जित निकालेका छन्।
अमेरिकामा प्रतिनिधिसभाका सबै ४३५ सिट, सिनेटका १०० मध्ये ३५ सिट तथा गभर्नरसहित विभिन्न राज्यस्तरीय पदका लागि निर्वाचन भइरहेको छ।