बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
समाचार राजनीति

सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ :कांग्रेस महामन्त्री संग्रौला

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ :कांग्रेस महामन्त्री संग्रौला
काठमाडौं, कात्तिक १८ :

कांग्रेस महामन्त्री डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरूपयोग कसरी भै रहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आम मान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हावी भएका उदाहरणहरु देखिन थालेको उल्लेख गरेकि छिन् । हेक्का रहोस् लोकतन्त्रको सतत पहरेदार  नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ, तर सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ उनले लेखेकि छिन्  ।

प्रहरी हिरासतमा रहेका  अभियुक्तको मोबाइल फोनलाई फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार  मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब  जवाफ दिनु पर्ने पालो सत्ता र सत्तारुढ दलको हो । कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ? उनले सामाजिक संजालमा उल्लेख गरेकी छिन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार