काठमाण्डौं, कात्तिक ९ :

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लामिछानेसहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको हो ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहनुभएका लामिछाने सहित १२ जना माथि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न परेको निवेदनमाथि अदालतले अनुमति दिएको हो ।

जिल्ला अदालत रुपन्देहीले सभापति लामिछाने, पुर्व डिआईजी छविलाल जोशी सहित १२ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति पत्र जारी गरिदिएको हो ।

लामिछाने अहिले सुर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी उजुरीको आधारमा कास्की जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको क्रममा छन ।

लामिछानेलाई आजै अरु ७ दिन म्याद थप गरिएको छ ।