सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश कर्णाली प्रदेश

दैलेख बोलेरो दुर्घटना : एकको मृ*त्यु, पाँच जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ कात्तिक, २०८३ मा प्रकाशित
दैलेख बोलेरो दुर्घटना : एकको मृ*त्यु, पाँच जना घाइते
दैलेख, कात्तिक २३ :

दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 
सो दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी उपरीक्षक श्रावणकुमार विकका अनुसार विष सेवन गरेकी सान्नीत्रिवेणी गाउँपालिका–७ की २७ वर्षीया कैसी सार्कीलाई उपचारका लागि स्थानीयले कालीकोटबाट सुर्खेत लैजाँदै गर्दा काफलतोलीमा बोलेरो दर्घना भई एकको मृत्युसहित पाँच जना घाइते भएका हुन् । 

कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा घाइते भएका पाँच जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा अहिले उपचार भइरहेको उनले जानकारी दिए । सो दुर्घटनामा सान्नीत्रिवेणी गाउँपालिकाका बोलेरो जीप चालक २२ वर्षीय योगेश सिंखडा, १८ वर्षीय गङ्ग सार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकला सार्की र विष सेवन गरेकी २७ वर्षीया कैसी सार्की घाइते भएका छन् । उक्त घटनाको सम्बन्धमा अहिले थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार