सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
समाचार प्रदेश गण्डकी प्रदेश

म्याग्दीमा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुई मोटरेबल पुल निर्माण सुरु

· शुक्रबार, १० कात्तिक, २०८१ मा प्रकाशित
म्याग्दीमा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुई मोटरेबल पुल निर्माण सुरु
म्याग्दी, कात्तिक १० :

जिल्लामा एकसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । 

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ । 

कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु गरिसकेको जानकारी दिनुभयो । 

दुईवटा सडक र दुई मोटरेबल पुलका निर्माण व्यवसायीले तिहारलगत्तै काम सुरु गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । एक सडक आयोजनामा ठेक्का प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीसँग सम्झौताको तयारीमा छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गत आर्थिक वर्ष २०८०- ८१ मा बहुवर्षीय ठेक्का लगाउनका लागि छनोट गरेका ती आयोजनाका लागि आर्थिक मामिला मन्त्रालयले रु एक अर्ब २० करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । 

पूर्वमन्त्रीसमेत रहेका म्याग्दी २ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले धेरै जनघनत्व भएका बस्तीमा रणनीतिक महत्वका सडक आयोजना भित्रिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार