बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

महसुल नतिरेको भन्दै प्राधिकरणले काट्यो ४९ उद्योगहरूको बिजुली (नाम सहित)

· शुक्रबार, १० कात्तिक, २०८१ मा प्रकाशित
महसुल नतिरेको भन्दै प्राधिकरणले काट्यो ४९ उद्योगहरूको बिजुली (नाम सहित)
काठमाण्डौँ , कात्तिक १० :

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिजुली खपत गरेर पैसा तिर्न नखोज्ने विभिन्न उद्योगको विजुली हिजो रातीदेखि काटिदिएको छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको जनाएको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय बिहीबार हिजो राती सकिएको थियो ।

तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले सबै उद्योगको लाइन काटेको प्राधिकरणले बताएको छ । 

हिजो बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नबुझाउने उद्योगीहरूलाई पटक पटक समय थपिए पनि रकम नबुझाएका र सोही बमोजिम सूचना जारी गरेर महसुल तिर्न आग्रह गर्दा समेत उद्योगीहरूबाट वेवास्ता भएकोले लाइन काट्ने अडान राखेका थिए । 

विवरण अनुसार, हालसम्म अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट,  र बाबा जुट मिलको लाइन काटिएको छ ।

जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ ।

पछिल्लोपटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै हिजो कात्तिक ८ गतेसम्मको म्याद दिएको थियो ।

यसअघि भएका प्राधिकरण र बोर्ड बैठकको निर्णय बमोजिम बिजुली काटिएको हो । बिजुली खपत गर्ने , समयमै रकम नतिर्ने, रकम तिर्न नपरोस् भनेर राजनीतिक दलहरूसँग निकटता बढाउने, सरकारका शक्ति केन्द्र धाउने प्रवृत्ति देखिएपछि प्राधिकरण पूर्ववत् निर्णयमा दृढ देखिएको  छ । 

प्राधिकरणको असोज २४ गते जारी सूचना

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार