मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति

वनमन्त्री चौधरी हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप-३१ मा सहभागी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ कात्तिक, २०८३ मा प्रकाशित
वनमन्त्री चौधरी हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप-३१ मा सहभागी
काठमाडौं, कात्तिक २५ :

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन् ।

जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले उनले शेर्पा समुदायको परम्परागत पोशाक रोजेको उनको सचिवालयले जनाएको छ ।

शेर्पा समुदायको पहिरनमा सम्मेलनमा सहभागी हुनुले नेपालको हिमाली पहिचानलाई अन्तरराष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुका साथै हालैको भोटेकोशी विपद् र नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका विपद्का विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्री चौधरी कोप–३१ सम्मेलनमा सहभागी हुन आज अन्ताल्या पुगेकी हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार