सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
प्रदेश बागमती प्रदेश

भीमफेदीमा इभी दुर्घटना : १० जनाको मृत्यु, चालकसहित दुई जनाको पहिचान खुल्यो

उनीहरु छठ पर्व मनाउन गाउँ फर्कँदै थिए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ कात्तिक, २०८३ मा प्रकाशित
भीमफेदीमा इभी दुर्घटना : १० जनाको मृत्यु, चालकसहित दुई जनाको पहिचान खुल्यो
हेटौंडा, कात्तिक २६ :

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी नजिक बिहीबार बिहान भएको विद्युतीय सवारी (इभी) दुर्घटनामा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ।

पहिचान खुल्नेमा चालक सर्लाहीको कबिलासी नगरपालिका–८ का रविशंकरकुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका सुवेक यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा परी पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको छ। अन्य आठ मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डबाट अनियन्त्रित भई करिब ५०० देखि ७०० मिटर तल खसेको थियो। दुर्घटनामा छ जना घाइते भएका छन्। उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने तीन वर्षीय एक बालकलाई दुर्घटनास्थलभन्दा केही माथि डाँडाबाट जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका स्थानीय बासिन्दा रहेका उनीहरू ललितपुरको टीकाथलीबाट छठ पर्व मनाउन गाउँ फर्कने क्रममा थिए। त्यसका लागि उनीहरूले गाडी रिजर्भ गरेका थिए। गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार दुर्घटनामा मृत्यु हुने सबै सोही गाउँका बासिन्दा हुन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको र अन्य मृतकको पहिचान गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार