मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ कात्तिक, २०८३ मा प्रकाशित
जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल
काठमाडौं, कात्तिक २६ :

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय भएको धारणा राखेका छन् । ‍‍‍टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा उनले उक्त धारणा राखेका हुन्।

परराष्ट्रमन्त्री खनालले नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई  सम्बोधन गर्दै हिन्दूकुश हिमाली क्षेत्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक  कार्यक्रममा उनले जलवायु परिवर्तनका असरले सीमाना नचिन्ने भएकाले साझा चुनौतीको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी ऐक्यबद्धता थप सुदृढ गर्नुपर्ने धारणा राखे ।

उनले पृथ्वीको पारिस्थितिक प्रणाली स्वास्थ्य र मानवताको सामूहिक हितको संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।उक्त कार्यक्रममा कोप–३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार