सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
खेलकुद क्रिकेट

एनपीएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ कात्तिक, २०८३ मा प्रकाशित
एनपीएलमा सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट
काठमाडौं, कात्तिक २६ :

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा आज करिअरकै सानदार बलिङ गरेका छन् । उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।  

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिए । सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिकसमेत पूरा गरे । । योसँगै उनी एनपीएलमा ह्याट्रिकसहित छ विकेट लिने पहिलो बलर बनेका छन् ।

एनपीएलमा समग्रमा एक खेलमा छ विकेट लिने खेलाडीमा  सन्दीप तेस्रो बलर बनेका छन् । यसअघि यो उपलब्धि काठमाडौँ गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा रहेको छ । गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित हुनुभएको थियो । उक्त सिजनमा उनले  नौ खेलमा १७ विकेट लिएका थिए ।  पहिलो संस्करणमा सन्दीपले सात खेलमा छ विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार