सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
खेलकुद क्रिकेट

साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

कर्णाली याक्सलाई ४ विकेटले पराजित
· बिहीबार, २६ कात्तिक, २०८३ मा प्रकाशित
साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
काठमाडौं, कात्तिक २६ :

साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो ।  

आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६, दिलिप नाथले अविजित २८ र  निरोशन डिकवेलाले १६ रन बनाए । बलिङतर्फ कर्णालीका लागि  मार्क वाटले ४ तथा हुसेन तलत र पवन सर्राफले एक एक विकेट लिए ।  

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो । कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए ।  

लुम्बिनीसँगको हारपछि कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । कर्णालीले छ खेल खेल्दा चारमा हार र दुईमा मात्र जित निकालेको छ । उसको चार अङ्क मात्र छ । यस्तै लुम्बिनी छ खेलमा चारमा जित र एकमा हारसहित ९ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार