सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार

मोरङको केराबारी जङ्गलमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

सक्रिय न्युज · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
प्रतीकात्मक तस्बिर
कात्तिक २७ :

मोरङ केराबारीको जङ्गलमा महिलाको शव फेला परेको छ ।

जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

केराबारी गाउँपालिका-२ फैबामा जंगलभित्र पार्वती लिम्बूको शव फेला परेको हो ।

महिलाको शरीरको कम्मरमुनिको भागमा कपडा छैन । तर शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीको भनाइ छ । घटनास्थलमा कुनै शंकास्पद वस्तु पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

पार्वती र पतिबीच पटकपटक विवाद र झगडा हुने गरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । यद्यपि घटनासँग उक्त विवादको सम्बन्ध रहे नरहेको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अनुसन्धानका लागि फरेन्सिक जाँचका लागि चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको बताईएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार